×

Nepali Community

पाँच दलीय समन्वय समितिको बैठक स्थगित


काठमाडौं । माघ ६ गते
आजका लागि बोलाइएको पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ । समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनु भएको छ । आजको बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी तय भएको थियो ।

यद्यपि अन्तिममा आएर तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको छ । यसअघि मंगलबार बसेको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा संसदीय निर्वाचन गरेर कार्तिकमा मात्र स्थानीय चुनाव गर्ने प्रस्ताव अघि सारेका थिए ।


More

View All

News

Health

Sports