काठमाडौं । माघ ६ गते
सिटामोल अभाव तत्काल हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनु भएको छ । मंगलबार आर्थिक न्युज डटकममा ‘बजारमा पारा सिटामोलको अभाव’ शिर्षकमा समाचार प्रकाशित भएको थियो । प्रधानमन्त्री देउवाले बुधबार सिटामोल लगायत औषधिको अभाव भएको जानकारी आएको भन्दै यस्ता औषधिको अभाव तत्काल हटाउन गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिनु भएको हो ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकरदाश बैरागीलाई बोलाएर औषधी अभावको विषयमा के भएको अध्ययन गरेर तत्काल औषधी उपलब्ध गराउने प्रबन्ध गर्न निर्देशन दिनु भएको हो । औषधीको अभाव नहुने गरी अघि बढ्न औषधी उत्पादकहरु तयार पार्नुका साथै बजारमा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन पनि प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ ।