काठमाडौं । माघ ६ गते
नेकपा एमाले महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचन गर्ने प्रस्ताव प्रति व्यंग्य गर्नु भएको छ । सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘एमाले निरन्तर संसद अवरोध’ गर्दा संसदको औचित्य पुष्टी हुन नसकेकाले स्थानीय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचनको प्रस्ताव गरेका थिए ।
उक्त प्रस्ताव प्रति एमाले महासचिव पोखरेलले सामाजिक सञ्जाल मार्फत व्यंग्य गर्नु भएको हो । उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ , ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठवन्धन स्थानीय चुनाव पछि सार्ने गरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे ।