काठमाडौं । माघ ६ गते
तीनै तहको निर्वाचन एकसाथ गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले माग गर्नु भएको छ । महरले सबै राजनीतिक दलको सहमतिमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन वैशाखको अन्तिम साता एक साथ सम्पन्न गर्नुपर्ने धारणा राख्नु भएको छ । एकै पटक तीनै तहको निर्वाचन गर्दा देशका लागि हितकर हुने उहाँको भनाई छ ।
उहाँले आवधिक निर्वाचन विना लोकतान्त्रिक पद्धति संस्थागत हुन नसक्ने र संविधान र कानुनको मर्म अनुसार सबै तहका निर्वाचन सम्पन्न गर्नु लोकतन्त्रमा विश्वास राख्ने सबै राजनीतिक दलका लागि नैतिक र वाद्यकारी व्यवस्था हो भन्ने कुरा सर्वविदित रहेको जिकिर गर्नु भएको छ ।
नेता महरले सबै राजनीतिक दलको सहमतिमा संघ , प्रदेश र स्थानीय गरी तीनै तहको निर्वाचन वैशाखको अन्तिम साता एक साथ सम्पन्न गर्ने निर्णय देशका लागि हितकर हुने बताउनु भएको छ । उहाँले तीनै तहको निर्वाचन सँगै गर्न सके समय र आर्थिक हिसाबले देशलाई फाइदा पुग्ने जिकिर गर्नु भएको छ ।