×

Nepali Community

जनताद्धारा निर्वाचित राष्ट्रपतिले सरकार बनाएमात्र साँसद खरिद विक्री बन्द हुन्छ –उपेन्द्र यादव


काठमाडौं । माघ ६ गते
वर्तमान संविधानलाई विश्वकै उत्कृष्ट भन्नेहरु नै संविधान खारेजीको बाटोमा लागेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आरोप लगाउनु भएको छ । उहाँले सिरहामा मधेश आन्दोलनका प्रथमसहिद रमेश महतोको सम्झनामा आयोजित १५ औं बलिदानी सभालाई सम्बोधन गर्दै संविधानलाई उत्कृष्ट भन्नेहरुले संविधान खारेजी गर्न खोजेपनि आफूहरु जोगाउनतर्फ लागेको बताउनु भएको हो ।

संघीयता र गणतन्त्र खारेज गर्न चाहनेहरु संविधानलाई समाप्त पार्न खोजेकाले आफूहरु प्राप्त उपलब्धीको रक्षा संविधान बचाउनमा लागेको उहाँको भनाई थियो । नेपालमा संसदीय व्यवस्था रहेपनि संसदको सर्वोच्चता नभएको उहाँले बताउनु भएको थियो । नेपाल जस्तो अल्पविकसित मुलुकमा राजनीतिक स्थितिरता सम्भव नभएकाले यदि राजनीतिक स्थिरता सम्भव छैन भने आर्थिक विकास नहुँने जिकिर गर्नु भएको थियो ।

शासकिय स्वरुपमा बदलाव हुनुपर्ने अहिलेको आवश्यकता भएको भन्दै अध्यक्ष यादवले राष्ट्रपपति जनताद्धारा निर्वाचित हुनुपर्ने धारणा राख्नु भएको थियो । संसदको काम कानून बनाउने र सरकारमाथि चेक एण्ड ब्यालेन्स गर्ने हुनुपर्ने उहाँको भनाई थियो । राष्ट्रपतिले सरकार बनाएमात्र साँसद खरिद विक्री पनि बन्द हुने जिकिर गर्नु भएको थियो । जसपा अध्यक्ष यादवले लोसपा गठन गरेका नेताहरुलाई पुनः जसपामै फर्किन आह्वान गर्नु भएको थियो । । उहाँले फुटेर गएपनि आफ्ना लागि काम गर्नुपर्नेमा केपी ओलीका लागि शहिद भएको जिकिर गर्नु भएको थियो ।


More

View All

News

Health

Sports