काठमाडौं । माघ ३ गते
आजदेखि लागू हुने गरी माघ १५ सम्म सिनेमा हल बन्द गर्ने सरकारले निर्णय गरेको छ । सरकारको यो निर्णयले शुक्रबार मात्र प्रदर्शनमा आएको फिल्म ‘चपली हाइट ३’लाई प्रत्यक्ष असर गरेको छ । तीन दिन मात्र चलेको यो फिल्मले प्रदर्शन स्थगित गर्नु परेको छ ।
सिनेमा हल बन्द भए पनि सरकारले सुटिङको विषयमा स्पष्ट निर्देशन दिएको छैन । फिल्मकर्मी यसले अन्यौलमा छन् ।यतिबेला फ्लोरमा सुवर्ण थापाको निर्देशन रहेको ‘म’को सुटिङ चलिरहेको छ भने सौगात मल्ल, अनुपविक्रम शाहीको अभिनय रहेको ‘लाखे’ले सुटिङको तयारी गरिरहेको छ । यो फिल्मको सुटिङ बितेको २८ गतेबाट सुरु गर्ने तयारी थियो ।