×

Nepali Community

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगर्नुले आशंका पैदा गरेको प्रदीप ज्ञवालीको जिकिर


काठमाडौं । माघ ३ गते
निर्वाचन आयोगले सिफारिस गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगर्नुले आशंका पैदा गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भएको छ । ज्ञवालीले सरकार र गठबन्धनका दलहको नियतमाथि आशंका पैदा गरेको बताउनु भएको हो ।

उहाँले आयोगले एक सय दिनको समय मागेर सिफारिस गरेको महिना दिन बितिसकेको तर अहिलेसम्म सरकारले यस बारेमा कुनै पनि निर्णय गर्न नसकेको बताउनु भएको छ । उहाँल्े निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुनुपर्ने भन्दै कुनै बहानावाजी गरेर निर्वाचन सार्ने काम एमालेका लागि मान्य नहुने बताउनु भएको छ । ‘


More

View All

News

Health

Sports