काठमाडौं । माघ ३ गते
अन्दाजी ५० प्रतिशत पुरुषहरु बिभिन्न प्रकारका यौन दुर्बलता बाट ग्रसित भएका हून्छन । यो अत्यन्तै ब्यक्तिगत र दम्पती बीचको समस्या भएको हुनाले समाजमा नामर्दीपनको आक्षेप लाग्ला भन्ने डरले जो कोहीले पनि बरु श्रीमान श्रीमती बीच जति नै झगडा गरेर र सहेर किन बस्न नपरोस भरसक यो कमजोरीलाई लुकाएर,गुम्स्यायर राख्छन, बरु आफुलाई डिप्रेसन नै किन नहोस,परिवारको अन्य सदस्य र समाज साथै आफनै साथी भाईलाई पनि भन्ने साहस गर्न सक्दैनन ।
तर कता कति दम्पती जसबाट सन्तान भएको हुदैन उनीहरु सन्तान प्राप्त नहुनुको कारण पत्ता लगाउने क्रममा चिकित्सकहरुबाट यो समस्या थाहा पाउन सकिन्छ । स्त्रीलाई यौन इच्छाहुँदा पुरुषलाई नहुने र पुरुषलाई योन इच्छा हुँदा स्त्री लाई नहुनुले गर्दा दम्पती बीच सम्बन्ध बिग्रने,दरार पैदा हुने सन्तान प्राप्ति नहुने पारिवारीक समस्या देखिने अनि दोस्रो बिबाह गर्न परिवारबाट दवाब दिने साथै सम्बन्ध बिच्छेद पनि भएको देखिएको छ । अन्दाजी १५५ दम्पतीहरु निसन्तानपनको शिकार हुन्छन जसमा ५०५ कारण पुरुषको कमजोरीले हुन्छ जसमध्ये यौन दुर्बलता पनि एउटा प्रमुख कारण हो ।
लिङ्ग उत्तेजना र कडा हुनको लागी नसा र रक्त संचार,हर्मोन भन्ने रसायनिक पदार्थ र नसामा बग्ने बिभिन्न सकेंतयुक्त पदार्थहरु र लिङ्गमा हुने मासुको मुख्य भूमिका रहन्छ । लिङ्ग उत्तेजना र कडा बनाउन साथै यौनक्रिडालाई नियन्त्रण गर्न दिमागमा भएकाMedian Preoptic area and Paraventricular nucleus of hypothalamus भन्ने ठाउं हरुको मूख्य भूमिका रहन्छ । यिनीहरुकै निर्देशनमा बिभिन्न किसिमको रासायनिक तरल पदार्थ बिभिन्न नसाको माध्यमबाट लिङ्गसम्म सम्बन्ध राख्दछ र लिङ्ग उत्तेजीत र कडा हुने गर्दछ ।
लिङ्ग उत्तेजना नहुने,उत्तेजना हुन समय लाग्ने,उत्तेजना भए पनि कडा नहुने,लिङ्ग कडा भए पनि योनी भित्र पसेपछि तुरुन्तै लुथु्रक्क पर्ने ,छिटो शक्तिहिन हुने,जसले गर्दा आफनो श्रीमती वा महिला साथीलाई यौन तृप्ति दिन नसक्नु,बीर्य योनीबाट बाहिर बगेर आउनु, पीडादायी योनक्रिडा हुनु बीर्यको स्खलन छिटो हुने आदि समस्याहरु देखिन्छन । पुरुषले कम्तीमा पनि दुई मिनेट भन्दा बढी सम्म यौनक्रिडा गर्न शक्नुलाई सामान्य मानिन्छ र सो भन्दा छिटो स्खलन भयो भने यसलाई शीघ्र स्खलन वा ‘‘Premature ejaculation’भनिन्छ ।
यौन दुर्बलताबाट बच्ने घरेलु उपायहरु यसप्रकार छन्
प्रसस्त मात्रामा दिनको २ देखी ३ लिटर पानी वा तरल पदार्थ पिउने, तातो बस्तुहरुबाट टाढा बस्ने (किनकी अण्डकोषको तापक्रम शरीरको तापक्रम भन्दा १ डीगी्र सेल्सीयस कम हुनु पर्दछ ।
भित्रि बस्त्र कसिलो नलगाउने, खकुलो र सजिलो कटटु मात्र लगाउने र खुटटा खप्टयाएर नबस्ने, हप्तामा ३ वा ४ पटक मात्र यौन सम्पर्क राख्ने ।
प्याजको बीउलाई धूलो बनाई पानीमा मिसाई खाना खानु भन्दा अगाडि दिनको तीन पटक पिउने
आस्वागन्धा एउटा आयुर्बेदिक औषधि हो जसले यौनशक्ति बढाउंछ ।
अदुवा र मह आधा चम्चा अदुवा महमा मिसाउने र राति सुत्ने बेलामा खाने ।
कुरिलोको जरालाई दूधमा उमालेर दिनको दुई पटक खाने ।
सन्तुलित खाना(यसको त्यतिकै महत्व छ ।
गाजर,अण्डा र मह सङ्ग उमालेर खादां फाईदा हुन्छ ।
लसुन,घिउमा तारेर बिहान खाली पेटमा खाने ।