×

Nepali Community

भारत द्वारा मिचिएको भूमि फिर्ता ल्याउन सर्वदलीय बैठकको आवश्यकता रहेको छ –नैनसिंह महर


काठमाडौं । माघ ३ गते
लिम्पियाधुरा ,लिपुलेक लगायत भारत द्वारा मिचिएको भूमि फिर्ता ल्याउन र कोरोनाको बढ्दो संक्रमणका सन्दर्भमा जुध्न नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले सर्वदलीय बैठकको आवश्यकता रहेको बताउनु भएको छ । आज परराष्ट्र सम्बन्ध एकेडेमिक फोरमले आयोजना गरेको कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रीय सदस्य समेत रहनु भएका महरले प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वदलीय बैठक बोलाउन आग्रह गर्नु भएको छ ।

उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति सबै राजनीतिक दलले आपत्ति जनाएको र प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर यो आवाजलाई एकीकृत गर्नुपर्ने बताउनु भएको छ ।

मुलुकका सबै शक्ति एक ठाउँमा उभ्याएर भारतसँग निर्णायक वार्ताका लागि सरकारले अग्रसरता लिनुपर्ने उहाँको भनाई थियो । महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्ने तथ्यका साथ भारतसँग अबिलम्ब वार्ता सुरु गर्नुपर्ने महरको भनाइ छ । दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धी सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट वार्ता गर्नुको विकल्प नगरेको उहाँले बताउनु भएको छ ।

 


More

View All

News

Health

Sports