×

Nepali Community

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई टरेको छ –स्वास्थ्यमन्त्री खतिवडा


काठमाडौं । माघ ३ गते
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई टरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताउनु भएको छ । उहाँले बीपीको काम कारबाही गर्नका लागि पाँच सदस्यीय टोली गठन गरेर धरान पठाएको बताउँदै तत्काललाई समस्या टरेको बताउनु भएको छ ।

उहाँका अनुसार वर्तमान पदाधिकारीलाई काम गर्न रोक लगाइएको छ ।शनिबार बसेको क्याबिनेट बैठकले निर्णय गरेर श्यामसुन्दर यादवको नेतृत्वमा काम गर्नका लागि टोली पठाइएको बताउनु भएको छ । उहाँले मन्त्रालयको टोलीले काम थालेपछि वर्तमान पदाधिकारीले छानबिन नसकिएसम्म काम गर्न नपाउने बताउनु भएको छ ।

मन्त्री खतिवडाले खोप लगाउन सोचे अनुसार नागरिकहरू नआएको बताउनु भएको छ । खोप लगाउन जनता नआएपछि सातै प्रदेशमा खोप अभियान सञ्चालन गरेको उहाँको भनाइ छ ।मन्त्री खतिवडाले खोपका लागि गाउँ टोलमा टोली खटिने जिकिर गर्नु भएको छ । मन्त्री खतिवडाले ८० प्रतिशतलाई पहिलो डोज र करीब ६० प्रतिशतलाई पूर्णमात्रा खोप लगाएको बताउनु भएको छ ।

पहिलो र दोस्रो डोज लगाएपछि नागरिकलाई बुस्टर डोज दिइने मन्त्री विरोध खतिवडाले जानकारी दिनु भएको छ । दुवै डोज खोप लगाएकाहरूलाई कोरोनाले असर कम गर्ने भएकाले खोप लगाउन उहाँले आग्रह गर्नु भएकोछ । कोरोना रोकथामका लागि सरकारले पर्याप्त पूर्वतयारी गरेको मन्त्री विरोध खतिवडाको भनाई छ ।

 


More

View All

News

Health

Sports