×

Nepali Community

आजदेखि काठमाण्डौका १७ ठाउँमा कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिइँदै


काठमाडौं । माघ ३ गते
आजदेखि काठमाण्डौका १७ ठाउँमा कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिइँदैछ ।हिजोदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि तयारी नपुगेको भन्दै हिजो सुरु हुन सकेन ।तत्कालका लागि अग्रपङ्क्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइने छ ।

अहिले खोप सञ्चालन भइरहेका काठमाण्डौका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने छ । बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ। आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ।


More

View All

News

Health

Sports