×

Nepali Community

भारत सरकारले नेपाली भूमीमा बाटो निर्माण गरेको भन्दै रोक्न नेपाल सरकारको माग


काठमाडौं । माघ ३ गते
नेपाल सरकारले भारत सरकारले नेपाली भू–भागमा बाटो निर्माण गरेको भन्दै उक्त कार्य तत्काल रोक्न माग गरेको छ ।महाकाली पूर्वका लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न अंगका रूपमा रहेको उल्लेख गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार यस्तो आग्रह गर्नुभएको हो ।

साथै मन्त्री कार्कीले नेपाल–भारत बीच रहीआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

भारतले एकतर्फी रूपमा नेपाली भूमिमा बाटो बनाएको भन्दै तीव्र आलोचना भइरहेका बेला सरकारले भारतलाई उक्त काम रोक्न आग्रह गरेको हो । उता भारतले शनिबार नेपालसँगको सीमा विवादबारे आफ्नो धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको थियो ।


More

View All

News

Health

Sports