काठमाडौं । माघ ३ गते
घरेलु टोली लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा ब्रेन्टफोेर्डमाथि ३–० को सहज जित हात पारेको छ ।एनफिल्डमा लिभरपुललाई जित दिलाउन फाबिन्हो, एलेक्स चाम्बर्लिन र ताकुमी मिनामिनोले एक, एक गोल गरेका थिए ।
खेलको ४४औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।६९औं मिनेटमा चाम्बरलिनले टोलीको अग्रता दोब्बर बनाएका थिए ।७७औं मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुलले ३(० को सहज जित हात पारेको थियो । यस जितसँगै २१ खेलमा ४५ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा उक्लिँदा ब्रेन्टफोर्ड २३ अंकका साथ १४औं स्थानमा छ ।