×

Nepali Community

कस्तो रहला तपाईको दिन ?


 

काठमाडौं । माघ ३ गते

 

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज रमाइलो यात्रा हुने तथा मान सम्मान मिल्ने योग रहेको छ भने धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुने तथा स्वास्थ्य प्रति भने सतर्कता अपनाउनु पर्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने योग रहेको छ भने सहयोगीहरूले काममा साथ दिने तथा शुभकार्यको चर्चा पनि चल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिने योग रहेको छ भने महिला वर्गबाट विशेष सहयोग मिल्ने तथा नयाँ कमको थालनी समेत हुने देखिन्छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज गरेका काममा ढिलासुस्ती हुने योग रहेको छ भने सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ, तर आर्थिक कारोबारमा सफलता मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुने योग रहेको छ भने दाम, इनाम र प्रतिष्ठा कमाउने तथा धर्म, विश्वास, आस्था र सद्भाव पनि बढ्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज शुभ समाचार सुन्न पाइने र शुभ कार्यको चर्चा चल्ने योग रहेको छ भने नसोचेको ठाउँबाट धनागम हुने तथा पुँजी बजारको सहयोग पनि पाइनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज जोशजाँगर र हिम्मत बढ्ने योग रहेको छ भने व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने तथा एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्रा प्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज रोकिएका वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज भाग्यले विभिन्न अवसर जुराउने र मनमा हर्ष, उमङ्ग र उत्साह छाउने योग रहेको छ भने मित्रसँग भेटघाट हुनेछ र घुमफिरमा आकर्षण बढ्नेछ ।


More

View All

News

Health

Sports