काठमाडौं । माघ २ गते
विपत् व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ । २४औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबैको विपत् व्यवस्थापनमा समन्वय आवश्यक हुने बताउनु भएको हो ।
०७२ सालको भूकम्प पश्चात विपत् व्यवस्थापन लगायतका विषयमा महत्वपूर्ण अनुभव हासिल गरिसकेको र भूकम्प प्रतिरोधी भवन निर्माणका लागि दक्ष जनशक्ति निर्माण भएको उहाँको भनाई छ । उहाँले विगतका कमी कमजोरीबाट पाठ सिकेर अघि बढ्नु बुद्धिमानी हुने र राहत र उद्दारका कार्यक्रममा प्रभावकारी रुपमा लाग्नुपर्ने जिकिर गर्नु भएको छ ।
प्रधानमन्त्री देउवाले जनशक्ति सेवालाई तत्काल उपयोग र आवश्यक परेको बेला प्रयोग गर्नका लागि तयारी अवस्थामा राख्ने गरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह पनि गर्नु भएको छ । उहाँले ‘विपत् व्यवस्थापनमा तीनवटै तहको सरकारले आपसी सहकार्य र समन्वय गर्नुपर्ने बताउनु भएको छ ।