×

Nepali Community

पशुपतिनाथ परिसरमा बनाइएको धर्मशाला सेभेन स्टार होटलजस्तो देखेर ‘सक’ भए–पर्यटनमन्त्री आले


काठमाडौं । माघ २ गते
पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बताउनु भएको छ । मन्त्री आलेले छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आज बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि धर्मशाला त सेभेन स्टार होटलजस्तो देखेर आफू सक भएको बताउनु भएको हो ।

सोमबार छानबिन समितिले प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर ल्याउन बताएका मन्त्री आलेले धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा पाँच हजार ५०० र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको देखिएको बताउनु भएको छ । उहाँले आफूले राजनीतिक प्रतिशोध कसैमा नसाँधेको बताएका जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाउनु भएको छ ।


More

View All

News

Health

Sports