×

Nepali Community

सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक  स्थगित


काठमाडौं । माघ २ गते
सोमबार बस्ने भनिएको संघीय संसद् राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । सोमवारका लागि बोलाइएको बैठक अनिश्चित कालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका महासचिव डा.भरत राज गौतमले विषेश कारणवस बैठक स्थगित भएको जानकारी दिए।यता, प्रतिनिधि सभाको बैठक भने सोमवारका लागि बोलाइएको छ। पछिल्लो समय नेकपा एमालेले दुवै सदन अवरुद्ध गर्दै विरोध गर्दै आइरहेको छ।

 

एमालेले हिउँदे अधिवेशनको सुरुदेखि नै बैठकमा विरोध जनाउँदै आएको हो। माधवकुमार नेपाल लगायतका सांसदलाई कारवाही वा सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा नभएसम्म संसद बैठकमा अवरोध कायमै रहने एमालेले बताउँदै आएको छ।हाल देशभर कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा संसद भवन के हुने हो भन्ने अन्यौल सिर्जना भएको छ।


More

View All

News

Health

Sports