काठमाडौं । माघ २ गते
आज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेलहरु हुँदैछन् ।आज हुने दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
ब्रिगेड ८ खेलमा ६ अंक जोडेर १२औं स्थानमा रहेको छ ।यस्तै, शीर्ष स्थानमा रहेको मछिन्द्रले ८ खेलमा २० अंक जोडेको छ ।यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लब भिड्ने छन् । खेल ४ः४५ बजे सुरु हुनेछ।पुलिस ७ अंकका साथ ११औं स्थानमा रहेको छ ।च्यासल ५ अंक जोडेर १३औं स्थानमा रहेको छ ।