×

Nepali Community

लिंग उत्तेजित नहुने समस्या कम गर्न के गर्ने ? एकपटक अवस्य पढ्नुहोला


काठमाडौं । माघ २ गते
चाहिएको बेला चाहेजस्तो गरेर लिंग उत्तेजित नभै यौनसम्पर्क राम्रोसँग राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै समयमा गरेकै हुन्छन् । लिंग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिंगलाई त्यही स्थितिमा कायम राख्न नसकिने समस्यालाई impotence वा  erectile dysfunction  भनिन्छ ।राम्रोसँग लिंग उत्तेजित नहुने कारण शारीरीक तथा मानसिक दुवै हुन सक्छन् ।

लिंगको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मक रूपमा प्रभाव पर्ने कुनै पनि स्थिति लिंग उत्तेजना नहुने सम्भावित कारण बन्न सक्छ । मधुमेह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अंग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित गर्ने गरी भएको चोटपटक वा रोग, रक्तनसा वा रक्त प्रणालीमा भएको खराबीले लिंग उत्तेजित नहुने समस्या सिर्जना गर्न सक्छ । एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधी पनि यसका कारण हुन सक्छन् ।प्रायः पुरुषले कुनै न कुनै बेला भोग्ने गरेको समस्या हो, ‘इरेक्टायल डाइफङ्गसन’ अर्थात लिंग उत्तेजित नहुने समस्या ।

व्यक्तिका लागि यौन आधारभूत शारीरिक आवश्यकताका रुपमा रहेको छ।तर यौन इच्छा हुँदाहुँदै पनि लिंग उत्तेजित नहुने समस्याले गर्दा धेरैको यौन जीवन सुखद हुन सकेको छैन । यसले गर्दा श्रीमान–श्रीमती तथा प्रेमीहरुबिचको सम्बन्धमा तनाव आउने गरेको छ । यो समस्या लम्बिँदै गएमा सम्बन्ध टुट्ने जोखिम पनि हुन्छ ।पुरुषहरुमा सबैभन्दा बढी देखिने गरेको यौन समस्याका रुपमा रहेको ‘इरेक्टायल डाइफङ्गसन’ ९इडी० बारे त्यति चर्चा हुने गरेको छैन । लाज तथा आफूमा रहेको समस्या बताउँदा अरुले नराम्रो दृष्टिले हेर्ने भयले अधिकांश पुरुषहरु यसको उपचार खोज्न लजाउँछन् ।इडीको समस्या उमेर बढ्दै जाँदा देखिने गर्छ भन्ने सामान्य बुझाई छ । तर युवा अवस्थामै पनि धेरै पुरुषमा यो समस्या देखिने गरेको विभिन्न अध्ययनबाट पुष्टि भएको छ । पछिल्लो एक अध्ययनका अनुसार झण्डै एक प्रतिशत पुरुषमा ४० वर्षकै हाराहारीमा ‘टोटल इरेक्टायल डाइफङ्गसन’ अर्थात लिंग उत्तेजित हुँदै नहुने समस्या देखिने गरेको छ ।यस्तै ७० वा त्यो भन्दा बढी उमेर भएपछि ५० प्रतिशत पुरुषमा इडीको समस्या देखिने गर्छ ।

अमेरिकामा भएको पछिल्लो एक अध्ययनमा त्यहाँका तीन करोड पुरुषमा कुनै न कुनै रुप या स्तरको इरेक्टायल डाइफङ्गसन रहेको छ ।इरेक्टायल डाइफङ्गसनको समस्या समाधानका लागि औषधि, थेरापी तथा भ्याकुम डिभाइसको प्रयोगसहितका उपाय अपनाउन सकिन्छ । तर यसका लागि चिकित्सक तथा सेक्स थेरापिस्टको सहयोग तथा सल्लाह अनिवार्य हुन्छ ।यस्तै आफ्नो विशेष ख्याल राख्ने अर्थात स्वस्थकर खाना खाने, व्यायाम गर्ने तथा तनावलाई व्यवस्थित गर्नाले पनि इरेक्टायल टाइफङ्गनको समस्याबाट मुक्ति मिल्ने युरोलोजिस्ट शेल्डन मार्कले बताएका छन् ।
समाधान के होला ?

कार्य सम्पादनको चिन्ताले धेरै कुरा बिगार्न सक्छ । जब कुनै कार्य ठीक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ, बिस्तारै यो चिन्ता बढ्न थालेपछि कार्य सम्पादन क्षमता मै र्‍हास आउन थाल्छ । कति जनाले त यौन क्रियाकलापवाट परहेज गर्छन् अनि आत्मसम्मान घट्न थाल्छ, सम्बन्धमा समस्या सिर्जना हुन थाल्छ । यस विषयमा सधैं चिन्ता गरिरहँदा वा चिन्ता गर्दिन भनेर ९कतै आज गर्दा पनि उत्तेजित हुँदैन कि भनेर त्यसकै बारेमा जहिले पनि सोचिरहँदा यौनकार्य सम्पादनमा सुधार आउँदैन । मनको भय वा चिन्ता हटाउनु आवश्यक हुन्छ । आत्मविश्वास बढाउनुपर्छ । तनाव र चिन्ता कम गर्ने उपाय अपनाउनुपर्छ । कहिलेकाहीं औषधी समेत सेवन गर्नुपर्ने हुन्छ । कतिपयले यस्तो स्थितिमा हिप्नोसिसले मद्दत गर्ने कुरा गरेका छन् ।

महत्त्वपूर्ण कुरा के भने दृढ अठोट तथा धैर्यता यसका लागि अति नै आवश्यक हुन्छ । भावनात्मक तथा प्रेमपूर्ण सम्बन्धका लागि समर्पित भएर प्रयास गर्नुपर्छ । सम्बन्धलाई नै रमाइलो राख्न के गर्न सकिन्छ भन्ने कुरा सोच्नुपर्ने हुन्छ । यसमा आफ्नी श्रीमती वा यौनसाथीको सहयोग तथा समझदारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ । श्रीमती वा यौनसाथीको समझदारीपूर्ण सहयोगले मनमा भएको चिन्ता हटाउन अनि आत्मविश्वास जगाउन मद्दत मिल्छ ।


More

View All

News

Health

Sports