×

Nepali Community

कोभिड–१९ संक्रमण नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपुर्ण हुने गृहमन्त्री खाँणको जिकिर


काठमाडौं । माघ २ गते
कोभिड–१९ संक्रमण नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपुर्ण हुने गृहमन्त्री बालकृष्ण खाँणले बताउनु भएको छ । भूकम्पमा परेर ज्यान गुमाउनेहरुको स्मृतिमा आज काठमाडौंको भूगोलपार्कमा आयोजित स्मृति सभामा गृहमन्त्रीले भूकम्पीय क्षति कम गराउन र सुरक्षित भवन निर्माणमा स्थानीय सरकारको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताउनु भएको हो ।

१९९० माघ २ र त्यसपछिको भुकम्पमा परेर दिवंगतहरुको स्मृतिमा काठमाडौं महानगरपालिकाले स्मृति सभाको आयोजना गरेको थियो । गृहमन्त्री खाँणले विपद क्षति व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकार आफैँमा सशक्त र आन्तरिक समन्वय बलियो बनाउँदै लैजानुपर्ने बताउनु भएको छ । नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिने गृहमन्त्री खाँणको भनाई छ । गृहमन्त्री खाँणले प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दक्खल दिइरहेकाले कहिलेकाहीँ अप्रत्यासित जोखिम व्यहोर्नुपरेको जिकिर गर्नु भएको छ ।


More

View All

News

Health

Sports