×

Nepali Community

तेरो पार्टी, मेरो पार्टी नभनी एकजुट भएर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्छ –प्रधानमन्त्री देउवा


काठमाडौं । माघ २ गते
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एकजुट हुनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ । शनिबार प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोभिड नियन्त्रण गर्न माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताउनु भएको छ ।

उहाँले कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनु भएको थियो । प्रधानमन्त्री देउवाले ओमिक्रोन भाइरस धेरै संक्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताउनु भएको थियो ।

आफूले सरकारको नेतृत्व गरेपछि कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्यामा वृद्धि भएको बताउँदै सबै खोप लगाउन योग्य नागरिकलाई दुवै मात्रा खोप लगाउने गरी सरकार अघि बढेको उहाँको भनाई थियो । एमाले उपाध्यक्ष सुवास नेम्वाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको थियो ।

 


More

View All

News

Health

Sports