काठमाडौं । माघ २ गते
आज प्रदेश नम्बर २ को प्रदेश सभा बैठक बस्दै छ । बैठकमा प्रदेश नम्बर २ को राजधानी र नामबारे छलफल हुने भएको छ।नाम र राजधानीबारे अध्ययन गर्न गठन भएको समितिले प्रतिवेदन पेश गरेपछि आज बिहान ११ बजेपछि सो विषयमा प्रदेश सभामा छलफल हुने भएको हो।
सभामुख सरोजकुमार यादवको नेतृत्वमा नाम र राजधानीबारे अध्ययन गर्न समिति गठन गरिएको थियो। नाम र राजधानीमा प्रदेश सभा सदस्य सहमत नभएकोले अब मतदान हुने देखिएको छ।प्रदेश २ को नाम मधेस, जानकी, भोजपुरा, मिथिला, मध्यमधेसलगायत चर्चामा छ भने राजधानी जनकपुर वा वीरगञ्जमध्ये एक हुनुपर्ने प्रदेश सभा सदस्यहरूले बताइरहेका छन्।