×

Nepali Community

अफगानिस्तानलाई करीब १४ टन मानवीय सहायता सामग्री प्रदान गरिने परराष्ट्रमन्त्री खड्काको भनाई


काठमाडौं । माघ २ गते
अफगानिस्तानलाई करीब १४ टन मानवीय सहायता सामग्री प्रदान गरिने परराष्ट्रमन्त्री डा.नारायण खड्काले बताउनु भएको छ । आज उक्त सामग्रीसहित नेपालको सरकारी टोली अफगानिस्तानको राजधानी काबुल जाँदै छ।परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाजबाट सहायता सामग्री लिएर आज बिहान काबुल जान लागेको हो।सोही अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खड्काले संयुक्त राष्ट्रसंघको टोलीले उपलब्ध गराएको सूची अनुसार औषधि, लत्ता कपडा, भाँडाकुँडालगायतका करिब १४ टन सामग्री प्रदान गर्न लागिएको बताउनु भएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाउन लागेको मन्त्री खड्काको भनाइृ छ । मन्त्री खड्काले अफनानिस्तानको पछिल्लो समस्याका बारेमा मिडियामा देखे सुनेपछि नै सुरुदेखि नै आफ्नो मनमा यो ‘आइडिया’ आएको र त्यसका लागि विभिन्न कूटनीतिक माध्यमबाट पहल गरी नेपाल सरकार, मन्त्रिपरिषद्मार्फत यो अभियान अघि बढेको जानकारी गराउनु भएको छ ।


More

View All

News

Health

Sports