काठमाडौं । माघ २ गते
आजदेखि अग्रपंक्तिमा खटिनेलाई कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिइने भएको छ। यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका अग्रपंक्तिमा खटिने व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो।स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर मात्रा दिन लागिएको हो।
माघ १४ गतेसम्म बूस्टर मात्रा दिइने विभागले जनाएको छ।माघको सुरुमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरुलाई बुस्टर मात्रा दिइनेछ।खोपको पूर्ण मात्रा लगाइसकेका तथा ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर मात्रा लगाइने छ।