×

Nepali Community

कोरोना संक्रमण तीव्ररुपमा बढ्दै गएपछि रोकथामका लागि सरकारद्वारा एक महिने आदेश जारी


काठमाडौं । माघ १ गते
कोरोना संक्रमण तीव्ररुपमा बढ्दै गएपछि सरकारले सरकारले सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ । सरकारले कोरोना रोकथामका लागि एक महिने आदेश जारी गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै आदेश जारी गरेको हो।यसअघि नै काठमाडौंमा भने जिल्ला प्रशासन कार्यालयले २५ जना भन्दा धेरै भेला हुन नपाउने निर्णय गरेको थियो । दैनिक रुपमा कोरोना संक्रमित बढ्दै जाँदा सरकारले कोरोना नियन्त्रणका लागि भन्दै थप व्यवस्था गरेको छ ।


More

View All

News

Health

Sports