काठमाडौं । माघ १ गते
लिपुलेक प्रकरणमा सरकारले तत्काल विरोध जनाउनुपर्ने नेकपा (माओवादी केन्द्र) का अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठले बताउनु भएको छ । उहाँले प्रेस विज्ञप्ति जारी गर्दै सडक निर्माणको घोषणाको विरोध गर्नु भएको छ । रेका छन्।
विज्ञप्तिमा श्रेष्ठले भन्नु भएको छ , ‘यस सम्बन्धमा नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएकोमा हामी दुःखी छौँ। नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणविरुद्ध कडा विरोध जनाओस् र यो अनुचित र अन्यायपूर्ण निर्माण कार्य बन्द गराउन कूटनैतिक पहल गरोस्।’