×

Nepali Community

माघ पहिलो साताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने निर्वाचन आयोगको निर्देशन


काठमाडौं । पुष ३० गते
यही माघ पहिलो साताभित्र स्थानीय तहको निर्वाचaनको मिति घोषणा हुनुपर्ने निर्वाचन आयोगको भनाई छ । आज प्रमुख राजनीतिक दलहरुसँगको छलफलमा शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो साताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताउनु भएको हो ।

निर्वाचन कानुन अनुसार निर्वाचन तयारीका लागि १२० दिन चाहिने र यसका लागि माघ पहिलो साताभित्र निर्वाचनको घोषणा भइसक्नुपर्ने प्रमुख निर्वाचन आयुक्त थपिलयाले राजनीतिक दलका नेताहरुसँग बताउनु भएको छ । उहाँले दलका नेताहरुलाई स्थानीय निकायको निर्वाचनका लागि घच्घच्याएको र निर्वाचन कानुन अनुसार स्थानीय निकायका पदाधिकारीहरुको कार्यकाल आगामी जेठ ५ गते नसकिने जिकिर गर्नु भएको छ । कांग्रेसले तोकिएकै मिति आउँदो १२ माघमा राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने सुझाव दिएको छ।


More

View All

News

Health

Sports