×

Nepali Community

कोरोनाको तेस्रो लहर चलेकाले आवश्यक तयारी गर्न सबै निकायलाई मुख्यमन्त्री राउतको निर्देशन


काठमाडौं । पुष ३० गते
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबै सरोकारवाला निकायसँग कोरोना महामारीलाई फैल्न नदिन तथा कोरोना संक्रमितिको लागि औषधि उपचारको विषयमा छलफल गर्नु भएको छ । कोरोनाको तेस्रो लहर चलेसँगै त्यसका लागि आवश्यक तयारी गर्न सबै निकायलाई मुख्यमन्त्री राउतले निर्देशन दिनु भएको छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै प्रदेश २ मा पनि बढ्न थालेपछि प्रदेश सरकारले महामारीलाई रोक्न आवश्यक तयारी थालेको छ । कोभिड १९ कै अलग प्रजाति ओमिक्रोन भेरियन्ट झन संक्रामक रहेकोले पनि त्यससँगको लडाइँमा स्वास्थ्यकर्मी, आमजनतालाई बलियो रुपमा लाग्नुपर्ने मुख्यमन्त्रीले बताउनु भएको छ ।

उहाँले पहिलो र दोस्रो लहरको संक्रमणका बेला प्रदेश देखिएको शय्या र अक्सिजनको समस्या अब हुन नदिने गरि तयारी गर्न निर्देशन दिनु भएको छ । प्रदेशभरिमा पाँच जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको र बारा, रौतहट र सर्लाहीमा पनि अक्सिजन प्लान्ट जडानको प्रक्रिया प्रदेश सरकारले बढाइसकेको उहाँको भनाई छ ।


More

View All

News

Health

Sports