काठमाडौं । पुष ३० गते
मुलुकको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जिम्मेवारी महसुस नगरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले बताउनु भएको छ ।
आज विहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै राप्रपाका पूर्वअध्यक्ष समेत रहनु भएका नेता लोहनीले नेपालको अर्थतन्त्र संकटतिर जानु अर्थमन्त्रीसँग मात्रै नजोडिएको बताउनु भएको हो । बिस्तारै ओरालो लागेको अर्थतन्त्र समय मै सुधार गर्न नसके भीरको डिलमा पुग्न धेरै समय नलाग्ने पूर्व अर्थमन्त्री लोहनीको भनाइ छ । ‘अर्थतन्त्रमा संकट तथ्यांक मा मात्र सिमित रहँदैन । एक तह पुगे पछि तथ्याङ्कभन्दा मानिसको भावनाले प्राथमिकता लिने उहाँको भनाई छ ।