×

Nepali Community

भारतमा बिकानेर एक्सप्रेसको रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुग्यो,३६ जना घाइते


काठमाडौं । पुष ३० गते
भारतको पश्चिम बंगालको जलपाइगुडी जिल्लामा गुवाहाटीमा बिकानेर एक्सप्रेसको रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।केन्द्रीय मन्त्री जोन बार्लाले दुर्घटनामा ९ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।दुर्घटनामा परी ३६ जना घाइते भएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।दुर्घटना साँझ पाँच बजे भएको हो ।

१२ वटा डिब्बाहरू लिग बाहिर पुगेका थिए ।मन्त्री बार्लाका अनुसार उद्धार कार्य सकिएको छ । यात्रीहरूलाई विशेष रेलबाट गुवाहिटी पठाइएको छ ।एक यात्रुले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार एकै झटकामा धेरै डिब्बाहरू लिक बाहिर पुगेका थिए । घटनाको उच्चस्तरीय छानबिनको आदेश दिइएको छ ।


More

View All

News

Health

Sports