×

Nepali Community

सरकारलाई दबाब दिएर कानुनविपरीत काम गरे मन्त्रालयले छुट नदिने शिक्षामन्त्री पौडेलको भनाई


काठमाडौं । पुष ३० गते
माफियाहरूबाट राज्य नडराउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बताउनु भएको छ । चिकित्सा शिक्षाका विद्यार्थीहरूमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, धुर्की र दबाब सरकारलाई मान्य नहुने बताउनु भएको हो । उहाँले कानुनसम्मत काम नगरी विद्यार्थीहरूबाट जथाभावी शुल्क लिएको पाइए कानुनबमोजिम कारबाही गर्ने बताउनु भएको थियो ।

मन्त्री पौडेलले कुनै पनि शक्तिले केन्द्रमा धाएर वा सरकारलाई दबाब दिएर कानुनविपरीत काम गरे मन्त्रालयले छुट नदिने भन्दै सम्बन्धित युनिभर्सिटीका प्रतिनिधिहरूलाई बोलाएर आज वा भोलिसम्म समस्याको समाधानमा लाग्ने बताउनु भएको थियो ।

राज्यका निकायलाई धम्क्याउने, अनावश्यक प्रयोग, परिचालन गर्ने, कानुन आफ्नो हातमा लिने, कानुनविपरित काम गर्ने, शक्ति केन्द्रहरू धाएर कानुनविपरीतका कामहरू ढाकछोप गर्न खोज्ने प्रकारको प्रवृत्तिलाई शिक्षा मन्त्रालयले सहन नसक्ने उहाँको भनाई थियो । मन्त्री पौडेलले शिक्षा मन्त्रालय यी कुरामा मुकदर्शक भएर नबसेको भन्दै मन्त्रालय र आयोग मिलेर सार्वजनिक धारणा बनाइ कारबाही अघि बढाउने उल्लेख गर्नु भएको थियो


More

View All

News

Health

Sports