×

Nepali Community

चिसो बढ्ने क्रममा रहेकोले आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको आग्रह


काठमाडौं । पुष ३० गते
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।आज दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१ को पहाडी भू–भागका एकरदुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।आज राति देशभर आंशिक बदली रहनेछ । देशभर अझै चिसो बढ्ने क्रममा रहेकोले त्यसबाट जोगिनका लागि आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।


More

View All

News

Health

Sports