×

Nepali Community

निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दै


काठमाडौं । पुष ३० गते
आज बिहान ११ बजे निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक बस्दैछ। बैठक आयोगको कार्यालय कान्तिपथमा बस्नेछ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बैठकमा आगामी राष्ट्रिय सभा तथा स्थानीय तहको चुनावको तयारी र मतदाता नामावली संकलनका विषयमा छलफल हुनेछ।

बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ वटा राजनीतिक दलका प्रतिनिधिलाई आमन्त्रण गरिएको आयोगले जनाएको छ।आगामी माघ १२ गते राष्ट्रियसभाको निर्वाचन तोकिएको छ। यसका सबै प्रक्रिया सकिएर मतदान मात्रै बाँकी छ।

 


More

View All

News

Health

Sports