काठमाडौं । पुष ३० गते
आज प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा चार खेलहरु हुँदैछन् ।प्रतियोगिता अन्तर्गत आज टियु क्रिकेट मैदानमा दुई र मुलपानी क्रिकेट मैदानमा दुई खेल हुने छन् ।टियु मैदानमा हुने पहिलो खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।समूह ए मा रहेको कर्णाली ३ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
पुलिस २ खेलम्मा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।टियुमा हुने दोस्रो खेलमा प्रदेश २ र बग्म्मति प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।समूह बी मा रहेको प्रदेश २ ले ३ खेलमा २ अंक जोडेर चौथो स्थानमा रहेको छ ।बागमती २ खेल्म्मा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।मुलपानीमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।