×

Nepali Community

हेर्नुहोस् आजको राशिफल


काठमाडौं । पुष ३० गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउने योग रहेको छ भने सफल यात्रा र आफन्तबाट सहयोग मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने योग रहेको छ भने नयाँ जिम्मेवारी पाइनुका साथै शुभकार्यको चर्चा चल्ने तथा मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज कीर्तिमानी काम गर्ने योग रहेको छ भने राजनैतिक कार्यमा सफलता मिल्नुका साथै बन्धु बान्धवबाट सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु होला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज अनावश्यक ठाउँमा धन खर्च हुनुका साथै अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने योग रहेको छ भने वैदेशिक क्षेत्र कमजोर रहने तथा खानपिनमा विचार पुर्याउनु पर्छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज शुभ चिन्तकहरूले पूर्ण समर्थन गर्नुका साथै घरमा अतिथिको आगमन हुने योग रहेको छ भने पुरानो समस्या सुल्झाउन सकिने र सन्तान सुख पनि मिल्ला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज चिताएको कामले तीव्रता लिने योग रहेको छ भने नयाँ कामको थालनी हुने तथा वैदेशिक कार्य अघी बढ्नेछ, तर स्वास्थ्य मापदण्डको ख्याल राख्नुहोला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज उपहार पाइन सक्ने योग रहेको छ भने आफन्तसँग भेटघाटले मन प्रसन्न रहने तथा नयाँ कार्यको योजना बन्नेछ, तर शृङ्गार तथा अनावश्यक खर्च पनि बढ्नसक्छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफलता मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज आँटेको र ताकेको कार्य पुरा होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । प्रेममा मधुरता पनि छाउनेछ ।ुु

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज सामान हराउने वा चोरी हुने योग रहेको छ भने रीरमा स्फूर्ति र उमङ्गको कमी हुने तथा आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।


More

View All

News

Health

Sports