काठमाडौं । पुष २९ गते
आज सर्वोच्च अदालतले पुनरवहाली गराएका १४ जना जनप्रतिनिधिविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दायर गरेको रिटमाथि सुनुवाइ हुँदैछ। न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको पूर्णइजलासमा प्रचण्डको रिटमाथि सुनुवाइ हुँदैछ । प्रचण्डले गत साउन ७ गते अन्तरिम आदेश खारेजको माग गर्दै अदालतमा रिट दायर गरेका थिए।
तत्कालीन माओवादीबाट निर्वाचित भएका तर, पछिल्लो समय एमालेमा प्रवेश गरेका उनीहरूलाई साधारण सदस्यबाटै हटाइएको थियो। माओवादीले २ नगर प्रमुख,६ उपप्रमुख,१ नगरपालिका सदस्य, १ गाउँपालिका अध्यक्ष, ४ वडाअध्यक्ष गरी १४ जनालाई कारबाही गरेको थियो।माओवादीले निष्कासन गरेको आधारमा निर्वाचन आयोगले उनीहरुलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेको थियो। निवार्चन आयोगको सो निर्णयविरुद्ध उनीहरु सर्वोच्च पुगेका थिए।