काठमाडौं । पुष २९ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा ५ सय रुपैयाँले बृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएको थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू। ९१ हजार ५०० मा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला १ हजार २३५ मा कारोबार भएको चाँदी आज २० ले बढेर १ हजार २५५ मा किनबेच भइरहेको महासंघले जनाएको छ ।