×

Nepali Community

शुक्रबार निर्वाचन आयोगले सर्वदलीय बैठक बस्दै


काठमाडौं । पुष २९ गते
शुक्रबार बिहान ११ बजेका लागि निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूलाई निमन्त्रणा गरिएको आयोगले जानकारी दिएको छ ।प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार माघ १२ मा तय गरिएको राष्ट्रियसभा निर्वाचन र हाल जारी मतदाता नामावली संकलनबारे दलहरूलाई जानकारी गराइने छ ।

साथै स्थानीय तहको मिति तय गर्नेबारे पनि बैठकमा छलफल हुनेछ ।निर्वाचनको वातावरणका लागि सर्वदलीय बैठक आव्हान गरिएको आयोगले जनाएको छ ।आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन ।


More

View All

News

Health

Sports