×

Nepali Community

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको छ –ज्ञानेन्द्रबहादुर कार्की


काठमाडौं । पुष २९ गते
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर निकै बढेको हुँदा संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको उहाँको भनाई छ ।

आज सामाजिक सञ्जाल मार्फत उहाँले नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको र खोप अभियान तीव्र गतिमा अगाडि बढेको उल्लेख गर्नु भएको छ । कार्कीले कोरोना रोकथामका लागि नागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्नु भएको छ ।


More

View All

News

Health

Sports