×

Nepali Community

कर्णालीका ६ जिल्लामा एमाले नेतृत्व टुंगियो


काठमाडौं । पुष २९ गते
नेकपा (एमाले)को कर्णाली प्रदेशका ६ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । सुर्खेतको अध्यक्षमा अमृत बिसी, सल्यानमा गोविन्दकुमार पुन, जाजरकोटको अध्यक्षमा खिमबहादुर शाही, डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा, जुम्लाको अध्यक्षमा शान्तिलाल महत र रुकुम पश्चिममा नन्दराम देवकोटा चयन भएका छन् । यी ६ जिल्लामध्य सुर्खेत र जाजरकोटमा निर्वाचन गरिएको थियो भने अन्य चार जिल्लामा सर्वसम्मत अध्यक्ष चयन गरिएको छ ।

आठौं जिल्ला अधिवेशनअन्तर्गत प्रदशेका १० जिल्लामध्ये हालसम्म सुर्खेत, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला र रुकुम पश्चिममा निर्वाचन र सहमतिमा नेतृत्व चयन भएको छ । अधिवेशन चलिरहेको कालीकोटमा आजदेखि निर्वाचन प्रक्रिया सुरु हुँदै । दैलेखमा भने फर्जी मत भेटिएपछि पुनः निर्वाचन गर्ने तयारी भइरहेको एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । अन्य दुई जिल्ला मुगुमा बुधबार र हुम्लामा माघ २३ गते अधिवेशन मिति तोकिएको छ ।


More

View All

News

Health

Sports