×

Nepali Community

नेकपा एमाले अछामको अध्यक्षमा ओली निकट चन्द्रबहादुर बोहरा वियजी


काठमाडौं । पुष २९ गते
नेकपा एमाले अछामको अध्यक्षमा केपी शर्मा ओली निकट चन्द्रबहादुर बोहरा वियजी हुनु भएको छ । ओली निकट बोहोराले ४३१ मत ल्याउँदा नेता भीम रावल पक्षीय उम्मेदवार प्रकाशबहादुर शाहले ३०७ मत प्राप्त गर्नु भएको थियो । बोहरा र शाहले प्यानलै बनाएर निर्वाचनमा होमिनु भएको थियो ।

उपाध्यक्षमा शाह प्यानलका बलबहादुर कुँवर विजयी भएका छन्। सचिवमा पनि शाह पक्षकै भीमबहादुर रावल विजयी भए।दुई उपसचिवको पदमा सात जनाको उम्मेदवारी परेकोमा बोहरा पक्षका डम्बर वीसी र शाह पक्षका प्रेम महर विजयी भएका छन्। भूगोल (स्थानीय तह), महिला, दलित, अल्पसं ख्यक, जनजाति र अपांगको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ।


More

View All