×

Nepali Community

विगतका तीतामीठा अनुभवलाई बिर्सिएर प्रतिपक्षसँग एकजुट भएर लड्नुपर्छ– रामचन्द्र पौडेल


काठमाडौं । पुष २९ गते
पार्टीमा अन्तरघातलाई प्रश्रय दिन नहुने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताउनु भएको छ । कांग्रेस तनहुँ क्षेत्र नम्बर १ को डुम्रेमा आयोजित पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आइसकेकाले अब एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनु भएको हो ।

पौडेलले हिजो जे जसरी चुनाव लडे पनि त्यो आन्तरिक चुनाव भएकाले चुनावलाई लिएर अन्तरघातलाई प्रश्रय दिन नहुँने जिकिर गर्नु भएको थियो । उहाँले कांग्रेस एकढिक्का भएर आगामी आम निर्वाचनमा जानुपर्ने बताउनु भएको थियो । वरिष्ठ नेता पौडेलले विगतका तीतामीठा अनुभवलाई बिर्सिएर प्रतिपक्षसँग एकजुट भएर लड्नुपर्ने विकल्प नभएको बताउनु भएको थियो । वरिष्ठ नेता पौडेलले आफू कहिल्यै पनि पदका लागि आन्दोलन नगरेको उल्लेख गर्दै ‘केपी ओलीविरुद्धको आन्दोलनको नेतृत्व गर्दै गर्दा मलाई प्रचण्डले राष्ट्रपति दिने भयो भनेर पनि अफवाह फैलाएको जिकिर गर्नु भएको थियो ।


More

View All

News

Health

Sports