काठमाडौं । पुष २९ गते
अमेरिकाले अमेरिकाबाट चीनका लागि उड्ने उडान बेइजिङले रद्द गरेपछि त्यसको विरोध गरेको छ ।कोभिडको कारण देखाउँदै चीनले अमेरिकाबाट छुट्ने उडान बुधबार रद्द गरेको थियो । अमेरिकाबाट चीन आएको विमानका केही यात्रुमा कोभिड पोजेटिभ देखिएपछि चीनले उडान रद्द गरको हो । बेइजिङको कदमपछि अमेरिकी राष्ट्रपतिको कार्यलयले चीनविरुद्ध बदला लिने चेतावनी दिएको छ ।
चीनमा कोभिड देखिएपछि विभिन्न सहरहरुमा लकडाउन घोषणा गरेको छ । कोभिडविरुद्ध शून्य सहनशिलता जनाउँदै आएको चीनमा पछिल्लो समयमा कोभिड संक्रमण बढेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमण बढेको सरकारले बताउँदै आएको छ ।