×

Nepali Community

आज प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा चार खेलहरु हुँदै


काठमाडौं । पुष २९ गते
प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आज चार खेलहरु हुँदैछन् । कीर्तिपुरस्तिथ त्रिवि मैदानमा दुई र मूलपानी मैदानमा दुई खेलहरु हुनेछन् ।किर्तिपुर मैदानमा हुने पहिलो खेलमा समूह ए बाट कर्णाली र सुदूरपश्चिम प्रदेश आमने सामने हुनेछन् । यसअघिका दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको कर्णालीको २ अंक छ । मूलपानी मैदानमा आज हुने पहिलो खेल समूह ए मा रहेका आर्मी र प्रदेश १ बीच हुनेछ ।

अघिल्ला दुई खेलमध्ये कर्णाली प्रदेशलाई ६३ रनले हराए पनि नेपाल पुलिससँग ४ विकेटले पराजित भएको आर्मीका लागि आजको खेल जित्नैपर्ने छ । प्रदेश १ ले पनि एक खेल खेलेकोमा कर्णालीसँग ३१ रनले परजित भएको थियो ।

मूलपानीमा हुने दोस्रो खेल समूह बी मा रहेका एपीएफ र गण्डकी प्रदेशबीच हुनेछ । गण्डकीले यसअघि पहिलो खेल प्रदेश २ सँग २ विकेटले हारेको थियो । एपीएफभने अघिल्ला दुवै खेल जितेर समूहको शीर्ष स्थानमा छ । एपीएफले पहिलो खेलमा प्रदेश २ लाई २४ रनले हराएको थियो भने दोस्रो खेलमा वागमती प्रदेशमाथि ७ विकेटको जित निकालेको थियो ।


More

View All

News

Health

Sports