काठमाडौं । पुष २८ गते
आज उन्नति सहकार्य लघुवित्तले र मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा हुँदै छ । लाभांश उन्नति सहकार्य लघुवित्त र मितेरी डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा हुँदै छ । मितेरी डेभलपमेन्ट बैंकले १६ औं वार्षिक साधारण सभा आज धरान १ सुनसरीमा बिहान ११ बजे बस्दैछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३।३० प्रतिशत बोनश शेयर र ०।७० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि गरी कुल १४ प्रतिशत लाभांश पारित गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १४ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।त्यस्तै उन्नति सहकार्य लघुवित्तको वार्षिक साधारण सभा आज बिहान ११ बजे होटल मौर्या सिदार्थ नगरपालिका १३ रुपन्देही भैरहवामा बस्ने गरी आव्हान गरेको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।