काठमाडौं । पुष २८ गते
मनबहादुर गुरुङ नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा विजयी हुनु भएको छ । कार्यवाहकसमेत रहेका उनले प्रतिस्पर्धी दामोदर बैरागीलाई चुनावी प्रक्रियामा हराउँदै निर्वाचित हुनु भएको हो । आज बिहान सकिएको अन्तिम मत परिणामअनुसार विजयी मनबहादुर गुरुङले कुल चार ५६ मत ल्याए भने दामोदर बैरागीले चार सय ७ मत ल्याएका छन् ।
शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि चुनावी प्रक्रियामा गएको थियो । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि एमाले कास्कीले पार्टी विधानविपरीत प्यानलै बनाएर चुनावी मैदानमा होमिएका थिए ।कास्कीमा एमाले गण्डकीका नेताद्वय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी समूहले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवार खडा गरेका हुन् । विजयी गुरुङ पृथ्वीसुब्बा प्यानल र बैरागी खगराज प्यानलबाट उम्मेदवारी दिएका थिए ।