×

Nepali Community

कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण एमालेको प्रदेश अधिवेशन सारियो


काठमाडौं । पुष २८ गते
कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण नेकपा (एमाले)को प्रदेश अधिवेशन सरेको छ ।कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन माघ २८ र २९ गते सरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनु भएको छ ।

एमालेले यही पुस २३ गते ६१ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ भने १६ जिल्लाको अधिवेशन बाँकी छ।कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम र सोही कारण सरकारले आजदेखि २५ जनाभन्दा बढी मानिस जम्मा गरेर कुनै पनि सभा, सम्मेलन, गोष्ठी नगर्न गरेको आग्रहलाई ध्यानमा राखेर अधिवेशन सारिएको एमालेले जनाएको छ।


More

View All

News

Health

Sports