×

Nepali Community

इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डमाथि साउथह्याम्पटनको जित


काठमाडौं । पुष २८ गते
साउथह्याम्पटनले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ ।मंगलबार राति भएको खेलमा साउथह्याम्पटनले ब्रेन्टफोर्डलाई ४–१ गोल अन्तरले हराएको हो ।घरेलु मैदानमा जान बेडनारेकले पाँचौ मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको २३ औं मिनेटमा भिटाली जानेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १–१ को बराबरीमा ल्याए ।

अल्भारो फर्नान्डेजले ३७ औं मिनेटमा आत्मघाती गोल गरेपछि साउथह्याम्पटन २–१ गोल अन्तरले अघि रहेको थियो । खेलको ४९ औं मिनेटमा अर्मान्डो बोर्जाले गोल गर्दै टिमको अग्रता ३–१ को बनाएका थिए ।त्यसपछि खेलको ७० औं मिनेटमा एडम चेले गोल गरेपछि घरेलु टोली ४–१ ले विजयी भएको थियो । जितसँगै साउथह्याम्पटनले २० खेलमा २४ अंक जोडेर ११ औं स्थानमा रहेको छ भने ब्रेन्टफोर्ड २३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

 


More

View All

News

Health

Sports