×

Nepali Community

कस्तो रहला तपाईको दिन ?


काठमाडौं । पुष २८ गते

 

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने राज्यबाट सहयोग मिल्नुका साथै धार्मिक तथा समाजसेवामा मन लाग्ने तथा न्यायिक कार्यमा सफलता मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज कष्टकर यात्रा गर्नुपर्ने योग रहेको छ भने आफूलाई कमजोर भएको अनुभूति हुने तथा महत्त्वपूर्ण अवसर गुम्ने र मुद्दा मामिला पनि आइलाग्नसक्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज बन्धु बान्धवबाट सहयोग मिल्ने योग रहेको छ भने मनोरञ्जनमा सहभागी भइनुका साथै पारिवारिक सद्भाव बढेर जाने तथा शेयर बजारमा लाभ मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कार्य सम्पादनमा सहजता मिल्ने योग रहेको छ भने सामाजिक क्षेत्रमा सफलता मिल्ने तथा वैदेशिक कार्य अघि बढ्नुक साथै कुटुम्बको सहयोग पनि मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज राज्यबाट मान सम्मान पाइने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुनुका साथै वित्तिय संस्थाबाट सहयोग पाइने तथा शुभकार्यको चर्चा चल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज मन खिन्न हुने स्थिति आउने योग रहेको छ भने बन्न लागेको काम अन्तिममा बिग्रिने र झमेला आउने तथा खर्चिलो यात्रा पनि रहन सक्छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज धार्मिक तीर्थस्थलको यात्रा हुने योग रहेको छ भने नयाँ कार्यको योजना बन्ने तथा साहित्यिक क्षेत्रमा रुचि बढ्नुका साथै अवलोकन र भ्रमणको योग पनि छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज आत्मिक सन्तुष्टि मिल्ने योग रहेको छ भने लगनशीलताले कामहरू अगाडि बढ्ने तथा वित्तिय संस्थाबाट सहयोग पाइनुका साथै प्रेमीको सहयोग पनि मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने नजिकको व्यक्तिबाट कार्य पुरा हुने तथा प्रेमीको साथ र सहयोग पाइनुका साथै धार्मिक यात्राको योग पनि छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
प्रेमीको सहयोग प्राप्त हुने योग रहेको छ भने अतिथिको रूपमा सत्कार पाइनुका साथै वैदेशिक क्षेत्रबाट सफलता मिल्ने तथा दैनिक कार्यमा प्रगति हुने देखिन्छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज नयाँ कार्यको योजना बन्ने योग रहेको छ भने दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ र परिवारमा सुख सन्तोष छाउने तथा स्वादिष्ट भोजन पनि पाइनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज सभा समारोहमा सरिक भइने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा अचल सम्पत्ति हात पर्न सक्छ । शुभ समाचार पनि सुन्न पाइएला ।


More

View All

News

Health

Sports