काठमाडौं । पुष २८ गते
आर्थिक वर्ष २०७८–०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आग्रह गर्नु भएको छ । आज मन्त्रालयमा आर्थिक वर्ष २०७८र०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई सो आग्रह गर्नु भएको हो । उहाँले आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको भन्दै जसरी पनि खर्च गर्न आग्रह गरे। ‘आर्थिक वर्षको ६ महिना बितिसक्यो।
बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्ने र त्यसको लागि आफुले रातको १२ बजे सहयोग गर्न तयार रहेको जिकिर गर्नु भएको छ । मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्ने बताउँदै जसरी पनि खर्च बढाउन आग्रह गर्नु भएको छ । उहाँले ठूला योजनाहरूमा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड दिनु भएको छ । ठूला योजनाहरूमा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने उहाँको भनाइ छ।उहाँले विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भएको छ । उहाँले फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्दै अब डिजिटल माध्यममा लैजानुपर्ने बतानु भएको छ ।